नेपाली समय:

वि.सं २०८२ चैत्र २   सोमवार

EnglishEN
आजदेखि डढेलो व्यवस्थापन सप्ताह’ सुरु,

आजदेखि डढेलो व्यवस्थापन सप्ताह’ सुरु,

चैत-१

काठमाडौँ- ‘वन डढेलो नियन्त्रणमा प्रभावकारिताः तीनै तहका सरकार र समुदायको सहभागिता’ नाराका साथ आजदेखि ‘वन डढेलो व्यवस्थापन सप्ताह’ सुरु भएको छ।

 

वन तथा वातावरण मन्त्रालयले प्रत्येक वर्ष चैत १–७ गतेसम्म वन डढेलो व्यवस्थापन सप्ताह मनाउँदै आएको छ। सप्ताहको उद्देश्य वन क्षेत्रमा लाग्ने डढेलो न्यूनीकरण तथा नियन्त्रणका लागि जनचेतना अभिवृद्धि गर्नु हो।

 

सप्ताहका अवसरमा विभिन्न चेतनामूलक कार्यक्रम सञ्चालन हुनेछन्, जसमा जनचेतना अभिवृद्धि कार्यक्रम, समुदाय तथा विद्यालयस्तरीय अभिमुखीकरण, प्रचारप्रसार, जोखिमयुक्त क्षेत्रको अनुगमन, अग्निरेखा निर्माण, सरसफाइ र अन्य डढेलो व्यवस्थापन सम्बन्धी गतिविधि समावेश छन्।

१६ घण्टा पहिले
हाम्रो आवाज