इटहरीको पूर्वाञ्चल क्याफेको आगलागी नियन्त्रणमा,
चैत-११
इटहरी - सुनसरीको इटहरी उपमहानगरपालिका–६ स्थित पूर्वाञ्चल क्याफे र आईसक्रिम पार्लरमा लागेको आगो नियन्त्रणमा आएको छ ।
आज बिहान लागेको आगो पूर्णरूपमा नियन्त्रणमा आएको इलाका प्रहरी कार्यालय इटहरीका प्रहरी नायब उपरीक्षक सुवास हमालले जानकारी गराएका छन् । उनका अनुसार क्याफेको भान्साबाट आगलागी सुरु भएको हो । सुरक्षाकर्मी र स्थानीयको सहयोगमा आगलागि नियन्त्रण भएको हो ।

