मनसुनजन्य पूर्वतयारी तथा प्रतिकार्य राष्ट्रिय कार्ययोजना २०८३’ निर्माण का लागि कार्यदल गठन,
चैत- १९
काठमाडौँ -राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आगामी वर्षका लागि ‘मनसुनजन्य पूर्वतयारी तथा प्रतिकार्य राष्ट्रिय कार्ययोजना २०८३’ निर्माणको प्रक्रिया थालनी गरेको छ।
सम्भावित प्राकृतिक विपद्को प्रभावकारी सामना गर्दै धनजनको क्षति न्यूनीकरण गर्न प्राधिकरणको नीति, योजना तथा अनुगमन महाशाखा प्रमुख सहसचिव रोशनीकुमारी श्रेष्ठको संयोजकत्वमा १८ सदस्यीय कार्यदल गठन गरी काम अगाडि बढाइएको हो।
प्राधिकरणका प्रवक्ता उपसचिव शान्ति महतले यस कार्यदलमा विपद् सम्बद्ध सङ्घीय मन्त्रालय, विभाग तथा प्राधिकरणका साथै तीनवटै सुरक्षा निकायका प्रतिनिधिहरू सहभागी रहेको जानकारी दिएका छन्।

