नेपाली समय:

वि.सं २०८२ चैत्र २१   शनिवार

EnglishEN
पाकिस्तानमा भएको विस्फोटमा पाँच जनाको मृत्यु : प्रहरी

पाकिस्तानमा भएको विस्फोटमा पाँच जनाको मृत्यु : प्रहरी

चैत २०, 

एजेन्सि-उत्तर पश्चिमी पाकिस्तानमा विस्फोटक पदार्थले भरिएको गाडीमा आत्मघाती बम विस्फोट हुँदा तीन जना महिला र दुई बालबालिकाको ज्यान गएको स्थानीय अधिकारीहरूले बताएका छन् ।

प्रहरी चौकीलाई निशाना बनाएर भएको आक्रमण पाकिस्तानको खैबर पख्तुनख्वा प्रान्तको  बन्नु जिल्लामा भएको स्थानीय प्रहरी अधिकारी मुहम्मद सज्जाद खानलाई उदृत गर्दै शुक्रबार एएफपीले जनाएको छ । प्रहरीका अनुसार आक्रमणमा अन्य चार जना घाइते भएका छन् भने अहिले सम्म कुनै पनि समूहले आक्रमणको जिम्मेवारी लिएको छैन ।

१० घण्टा पहिले
हाम्रो आवाज