नेपाली समय:

वि.सं २०८३ बैशाख १   मंगलवार

EnglishEN
सांसदहरूलाई सम्पत्ति विवरण बुझाउने म्याद जेठ १० सम्म,

सांसदहरूलाई सम्पत्ति विवरण बुझाउने म्याद जेठ १० सम्म,

चैत- ३० 

काठमाडौं -सचिवालय अन्तर्गतको सांसद सुविधा शाखाले सूचना जारी गर्दै प्रतिनिधिसभाका सदस्यहरूलाई आगामी जेठ १० गतेभित्र अनिवार्य रूपमा आफ्नो सम्पत्ति विवरण बुझाउन निर्देशन दिएको छ ।

सांसदहरूले आफ्नो सम्पत्ति विवरण बुझाउन सुरु गरेका छन् । संघीय संसद् सचिवालयका अनुसार हालसम्म १० जना भन्दा बढी सांसदहरूको सम्पत्ति विवरण प्राप्त भइसकेको छ ।

भ्रष्टाचार निवारण ऐन २०५९ तथा अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन २०४८ अनुसार सार्वजनिक पद धारण गर्ने व्यक्तिले आफ्नो र आफ्नो परिवारको नाममा रहेको सम्पत्तिको विवरण स्रोतसहित पेश गर्नुपर्ने कानुनी व्यवस्था छ । यी ऐनहरूमा पद सम्हालेको मितिले ६० दिनभित्र सम्पत्ति विवरण अद्यावधिक गरी तोकिएको निकायसमक्ष बुझाउनुपर्ने प्रावधान रहेको छ ।

१० घण्टा पहिले
हाम्रो आवाज