नेपाली समय:

वि.सं २०८३ बैशाख २   बुधवार

EnglishEN
अण्डाको मूल्य बढ्यो,

अण्डाको मूल्य बढ्यो,

वैशाख- १

 

काठमाडौँ - अण्डाको मूल्यमा पूर्ण वृद्धि भएको छ। अण्डाको उत्पादनमा कमी र माग बढे पछि मूल्य बढेको छ । लेयर्स कुखुरापालक सङ्घले फार्महरुको मूल्यलाई आधार बनाएर आजदेखि लागू हुनेगरी अण्डाको मूल्य बढाएको हो । 

 

बढेको मूल्यअनुसार ठूलो अण्डा एक क्रेट (३० वटा)को फार्म मूल्य रु ४६५ पुगेको छ । यसअघि प्रतिक्रेट रु ४५० मा बिक्री गरिएको ठूलो अण्डाको मूल्य रु १५ ले बढेको हो । यस्तै मझौला अण्डाको फार्म मूल्य रु ४१५ कायम गरिएको छ । यसअघि यो अण्डा रु ४०० मा बिक्री हुँदै आएको थियो ।

१६ घण्टा पहिले
हाम्रो आवाज