नेपाली समय:

वि.सं २०८३ बैशाख १२   शनिवार

EnglishEN
थापाथलीको सुकुम्बासी बस्तीमा डोजर चल्यो,

थापाथलीको सुकुम्बासी बस्तीमा डोजर चल्यो,

वैशाख -१२

काठमाडौँ - काठमाडौँको थापाथली स्थित सुकुमबासी बस्तीमा सरकारद्वारा डोजर लगाई घरटहरा हरू भत्काएको छ।

सार्वजनिक तथा सरकारी जग्गामा रहेका अनधिकृत सुकुमबासी बस्तीहरू हटाउन डोजर चलाइएको हो  । 

सुरुमा दुईवटा डोजर चलाइएको छ । बस्तीमा रहेका मानिस र उनीहरूसँग भएको घरायसी सामानलाई बाहिर निकाल्न प्रहरीले सघाइरहेका छन् । 

सो क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारिएको छ । अहिले बाक्लो सङ्ख्या नेपाल प्रहरी, सशस्त्र प्रहरी र नगर प्रहरी परिचालन गरिएका छन् ।

८ घण्टा पहिले
हाम्रो आवाज