अब निजामती कर्मचारीले दुर्गम क्षेत्रमा अनिवार्य रूपमा काम गर्नुपर्ने,
वैशाख- १३
काठमाडौँ - निजामती कर्मचारीले दुर्गम क्षेत्रमा अनिवार्य रूपमा काम गरेको हुनुपर्ने भएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले तयार गरेको निजामती सेवा विधेयकको नयाँ मस्यौदामा यस्तो उल्लेख गरिएको हो ।
कर्मचारीहरु दुर्गम क्षेत्रमा जान नमान्ने गुनासो बढेपछि सरकारले निजामती कर्मचारीहरुले अनिवार्य रुपमा दुर्गम क्षेत्रमा काम गरेको हुनुपर्ने व्यवस्था गर्न लागेको जनाइएको छ।
यो सँगै अब निजामती कर्मचारीले दुर्गम क्षेत्र र स्थानीय तहको प्रमुख प्रशासकीय अधिकृत पदमा अनिवार्य काम गरेको हुनुपर्नेछ ।

