नेपाली समय:

वि.सं २०८३ बैशाख १३   आइतबार

EnglishEN
सुकुम्बासीलाई  स्वास्थ्य सेवा प्रदान गर्न काठमाडौँ महानगरद्वारा स्वास्थ्यकर्मीको टोली परिचालन,

सुकुम्बासीलाई स्वास्थ्य सेवा प्रदान गर्न काठमाडौँ महानगरद्वारा स्वास्थ्यकर्मीको टोली परिचालन,

वैशाख-१३

काठमाडौं– अव्यवस्थित बस्तीबाट स्क्रिनिङका लागि दशरथ रंगशालामा ल्याइएका भूमिहीन तथा सुकुम्वासीलाई शारीरिक र मानसिक स्वास्थ्य सेवा प्रदान गर्न काठमाडौं महानगरपालिकाले स्वास्थ्यकर्मीको टोली परिचालन गरेको छ ।

अहिलेसम्ममा कम रक्तचाप भएका ४ जना पुरुष २ जना महिला गरी ६ जना, ढाड तथा जोर्नी दुखाइ भएका २ जना पुरुष, टाउको दुखाइ भएका १८ जना पुरुष र ६ जना महिला, गर्भवती २ जना, काटेर चोटपटक लागेका १ जना र अन्य विभिन्न समस्या भएका १२ जनालाई सेवा प्रदान गरिएको जनाइएको छ ।

यस्तै, मनोसामाजिक परामर्शतर्फ बहुविवाह गर्ने,  विद्यालय उमेरका बालबालिका, रोजगारीमा भएका अभिभावकहरूले आफूलाई परेको मानसिक समस्याका विषयमा परामर्श लिएका छन् ।

 

२ घण्टा पहिले
हाम्रो आवाज