प्रधानमन्त्रीको स्वास्थ्य सल्लाहकारमा डा.अग्रवाल नियुक्त,
बैशाख-२३
काठमाडौं - प्रधानमन्त्रीको स्वास्थ्य सल्लाहकारमा वरिष्ठ चिकित्सक एवं चिकित्सा शिक्षाविद् प्रा. डा. जगदिश प्रसाद अग्रवाललाई प्रधानमन्त्री वालेन्द्र शाहको अवैतनिक स्वास्थ्य सल्लाहकारमा नियुक्त गरिएको छ ।
मन्त्रिपरिषद् बैठकले डा. अग्रवाललाई सो पदमा नियुक्त गर्ने निर्णय गरेको हो । त्रिभुवन विश्वविद्यालय, चिकित्सा शास्त्र अध्ययन संस्थान (आईओएम) का पूर्व डीन समेत रहेका डा. अग्रवालले मुलुकको स्वास्थ्य नीति, जनस्वास्थ्यका चुनौती र चिकित्सा शिक्षाको सुधारका लागि प्रधानमन्त्रीलाई आवश्यक परामर्श दिनेछन् ।
स्वास्थ्य क्षेत्रका अनुभवी र विज्ञ व्यक्तित्व प्रा.डा.जगदिश प्रसाद अग्रवालको नियुक्तिले प्रधानमन्त्रीज्यूलाई मुलुकको स्वास्थ्य नीति र सेवा सुधारका लागि महत्त्वपूर्ण प्राविधिक सहयोग र सुझाव प्राप्त हुने विश्वास लिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

