नेपाली समय:

वि.सं २०८३ बैशाख ३१   बिहीवार

EnglishEN
नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको अध्यक्षमा पुण्यप्रसाद सिटौला निर्वाचित,

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको अध्यक्षमा पुण्यप्रसाद सिटौला निर्वाचित,

बैशाख-३१

काठमाडौँ- नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको अध्यक्षमा पुण्यप्रसाद सिटौला निर्वाचित भएका छन् ।

पोखरामा सुरु भएको सातौ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि आज सम्पन्न मतदानमा सिटौलाले एक हजार ३० मत प्राप्त गरी विजयी भएका हुन् ।उनका प्रतिस्पर्धी हरिशरण केसी ले ४६४ मत प्राप्त गरेका छन।

यसैगरी महासङ्घको वरिष्ठ उपाध्यक्षमा सानुकाजी प्रजापति, एनकुमार साइ र केदार पौडेल विजयी भएका छन् । उपाध्यक्षमा चन्द्रा ओझा, डम्बरराज पन्त, आत्मराम थापा, कान्छाराम थिङ, कान्छामान बल, जितबहादुर भारती र रामप्रसाद सुवेदी निर्वाचित भएका छन् ।

९ घण्टा पहिले
हाम्रो आवाज