नेपाली समय:

वि.सं २०८३ जेठ ६   बुधवार

EnglishEN

जेठ -६

काठमाडौँ– संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज  बिहान ११ बजे सिंहदरबारमा बस्नेछ ।

आजको बैठकमा प्रधानमन्त्री तथा गृह मन्त्री वालेन्द्र शाहको तर्फबाट कानून, न्याय तथा संसदीय मामिला मन्त्री सोबिता गौतमले ‘प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) विधेयक, २०८३’ प्रस्तुत गर्न अनुमति माग्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।

यसका साथै प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) विधेयक, २०८३’ प्रस्तुत गर्ने, ‘मतदाता नामावली (पहिलो संशोधन) विधेयक, २०८३’ प्रस्तुत गर्न अनुमति माग्ने, र ‘मतदाता नामावली (पहिलो संशोधन) विधेयक, २०८३’ प्रस्तुत गर्ने कार्यसूची समेत रहेको बताइएको छ ।

१ घण्टा पहिले
हाम्रो आवाज