सुर्तीजन्य पदार्थमा शतप्रतिशत कर वृद्धि गर्न सरकारलाई सांसदहरूको सुझाव,
जेठ- १२
काठमाडौं–सुर्तीजन्य पदार्थमा शत प्रतिशत कर वृद्धि गर्न सांसदहरूले सरकारलाई सुझाव दिएका छन्। सुर्तीजन्य पदार्थका कारण ३९ हजार बढी नागरिकले अकालमै ज्यान गुमाउने गरेको भन्दै सांसदहरूले आगामी आर्थिक वर्षको बजेटमार्फत सुर्तीजन्य पदार्थमा शतप्रतिशत कर वृद्धि गर्न सरकारलाई सुझाव दिएका छन् ।
नेपालमा हाल सुर्तीजन्य पदार्थमा ४० प्रतिशत मात्रै कर लाग्दै आएको जनाउँदै उनीहरूले विश्व स्वास्थ्य संगठनले सिफारिस गरेअनुसार त्यस्ता पदार्थमा कम्तीमा ७५ प्रतिशत कर लगाउन आग्रह गरेका छन। सुर्तीजन्य पदार्थबाट वार्षिक रु ३३ अर्ब राजस्व सङ्कलन भएपनि स्वास्थ्य उपचारबापतको भार रु ४५ अर्ब बढी रहेको सांसदहरूले जनाएका छन्।
सुर्ती जन्य पदार्थबाट ८५ लाख बढी नागरिक आक्रान्त भएको र १४ देखि २४ वर्षसम्मका आठ लाख युवा विद्यार्थी सुर्तीजन्य पदार्थको लतमा फसेको तर्फ सरकारको ध्यान आकर्षण गराएका हुन ।

