नेपाली समय:

वि.सं २०८३ जेठ १५   शुक्रवार

EnglishEN
माइतीघर मण्डलामा सरकार विरुद्ध प्रदर्शन जारी,

माइतीघर मण्डलामा सरकार विरुद्ध प्रदर्शन जारी,

जेठ-१५

काठमाडौँ । संयुक्त राष्ट्रिय सुकुमवासी मोर्चा नेपाल, वृहत नागरिक आन्दोलन र जेन–जेड मुभमेन्ट अलायन्सको अगुवाइमा आज माइतीघर मण्डलामा सरकार विरुद्ध प्रदर्शन गरेका छन्

आज गणतन्त्र दिवसको दिन गरिएको उक्त प्रदर्शनमा प्रदर्शनकारीहरूले ‘गणतन्त्र जिन्दावाद, गन तन्त्र मुर्दावाद’ भन्ने मुख्य नाराका साथ माइतीघर मण्डलामा भेला भई कविता, नाटक, वक्तव्य मार्फत आफ्नो विरोध जनाएका छन् ।

प्रदर्शनका क्रममा उनीहरूले ‘जनता मार्न पाइँदैन’, ‘यस्तो सरकार चाहिँदैन’, ‘घर खोस्ने शासक चाहिँदैन’, ‘जनविरोधी निर्णय मान्दैनौं’ र ‘डाेजर हाेइन समाधान दे, सुकुमवासीलाई सम्मान दे’ जस्ता आक्रामक र जनसरोकारका नाराहरू लेखिएका प्लेकार्ड बोकेर सरकारको कार्यशैलीप्रति कडा आक्रोश व्यक्त गरेका छन्।

५ घण्टा पहिले
हाम्रो आवाज