नेपाली समय:

वि.सं २०८३ जेठ ३१   आइतबार

EnglishEN
राजासहितको प्रजातन्त्रका लागि नयाँ पार्टी आवश्यक-डा.धवल शमशेर राणा,

राजासहितको प्रजातन्त्रका लागि नयाँ पार्टी आवश्यक-डा.धवल शमशेर राणा,

जेष्ठ-३१

काठमाडौँ-राष्ट्रिय प्रजातन्त्र पार्टी परित्याग गरेका डा. धवलशमशेर राणाले राजसंस्था र हिन्दु राष्ट्रको एजेण्डालाई स्थापित गराउन आफूहरुले नयाँ राष्ट्रवादी पार्टी निर्माण गर्न लागेको बताएका छन् ।

आईतवार काठमाडौंमा आयोजित राष्ट्रवादी पार्टी निर्माणार्थ जिम्मेवारी हस्तान्तरण तथा परिचयात्मक कार्यक्रममा बोल्दै उनले उक्त कुरा स्पष्ट पारेका हुन् । नेता राणाले नयाँ पार्टीको नेतृत्व राजा र हिन्दु राष्ट्रको एजेण्डालाई बोकेर निमुख जनताको नेता बन्नुभएको भन्दै दुर्गा प्रसाईंले गर्ने पनि बताएका छन।

नेता राणाले नयाँ बन्ने पार्टीले राजासहितको प्रजातन्त्र बोक्ने र हिन्दु राष्ट्र मुलुकमा कायम गरिछाड्ने संकल्प लिएको पनि बताएका छन ।

७ घण्टा पहिले
हाम्रो आवाज