नेपाली समय:

वि.सं २०८३ आषाढ ३   बुधवार

EnglishEN
नेपालसँगको विकास साझेदारीलाई सुदृढ बनाउन जर्मनी द्वारा ३ करोड ७६ लाख युरो सहयोग,

नेपालसँगको विकास साझेदारीलाई सुदृढ बनाउन जर्मनी द्वारा ३ करोड ७६ लाख युरो सहयोग,

असार -३ 

काठमाडौं - सङ्घीय गणतन्त्र जर्मनीले नेपालसँगको विकास साझेदारीलाई अझ सुदृढ बनाउने प्रतिबद्धता व्यक्त गर्दै आगामी दुई वर्षका लागि तीन करोड ७६ लाख युरो बराबरको प्राविधिक तथा वित्तीय सहयोग गर्ने जनाएको छ ।

मङ्गलबार यहाँ सम्पन्न नेपाल–जर्मनी विकास सहकार्यसम्बन्धी द्विपक्षीय वार्तामा उक्त रकम प्रदान गर्ने घोषणा भएको हो । दुवै देशले ऊर्जा, दिगो आर्थिक विकास तथा स्वास्थ्य क्षेत्रलाई आगामी सहकार्यका प्रमुख प्राथमिकताका रूपमा अघि बढाउने सहमति गरेका यहाँस्थित जर्मनीको राजदूतावासले जनाएको छ ।

७ घण्टा पहिले
हाम्रो आवाज