मनसुनजन्य विपद्को सामना गर्न सरकारको पूर्व तयारी पूरा, गृहमन्त्री- सुदन गुरुङ,
असार-४
काठमाडौँ-गृहमन्त्री सुधन गुरुङले मनसुनजन्य विपद्को सामना गर्न सरकारले पूर्वतयारी पूरा गरिसकेको बताएका छन्। बिहीबार मनसुन पूर्वतयारी तथा प्रतिकार्यको तयारी सम्बन्धमा छलफल गर्न बसेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको बैठकपछि उनले विगतको अनुभवका आधारमा यसपटक विपद् व्यवस्थापनका लागि प्रभावकारी तयारी गरिएको बताएका छन।
उनले विपद्को समयमा नागरिकको सुरक्षा सुनिश्चित गर्न सुरक्षा निकायहरूलाई आवश्यक निर्देशन दिइएको बताएका छन ।

