नेपाली समय:

वि.सं २०८३ आषाढ ३०   मंगलवार

EnglishEN
कतारको सबैभन्दा ठूलो ग्यास प्रशोधन केन्द्रमा विस्फोट हुँदा १३ जनाको मृत्यु,

कतारको सबैभन्दा ठूलो ग्यास प्रशोधन केन्द्रमा विस्फोट हुँदा १३ जनाको मृत्यु,


असार- ९
कतारको सबैभन्दा ठूलो ग्यास प्रशोधन केन्द्रमा भएको भीषण विस्फोटमा कम्तीमा १३ जनाको मृत्यु भएको छ भने ६६ जना घाइते भएका छन्।

कतारको उत्तरी भागस्थित रस लाफान औद्योगिक क्षेत्रमा रहेको तरलीकृत प्राकृतिक ग्यास (एलएनजी) प्रशोधन केन्द्रमा आइतबार राति ‘प्राविधिक दुर्घटना’का कारण विस्फोट भएको कतारको गृह मन्त्रालयले जनाएको छ।

विस्फोटपछि आकाश सुन्तलाजस्तो देखिएको थियो भने राजधानी दोहादेखि करिब ७० किलोमिटर टाढासम्म कम्पन महसुस गरिएको थियो।

विस्फोटमा १२ भारतीय र एक पाकिस्तानी गरी १३ जनाको मृत्यु भएको छ । घाइते हुनेहरुमा नेपालीसहित कतार, भारत, पाकिस्तान, बंगलादेश, केन्या, घाना, तान्जानिया र नाइजेरियाका नागरिकहरु रहेका छन् ।

२३ Jun २०२६ , १०:४३am
हाम्रो आवाज