नेपाली समय:

वि.सं २०८३ आषाढ २७   शनिवार

EnglishEN
गणेश नेपालीलाई मानवीय सहयोग सहित सन्तान लाई निशुल्क शिक्षा उपलब्ध गराउने काठमाडौँ महानगरको घोषणा,

गणेश नेपालीलाई मानवीय सहयोग सहित सन्तान लाई निशुल्क शिक्षा उपलब्ध गराउने काठमाडौँ महानगरको घोषणा,

असार-२७

काठमाडौँ -राहदानी विभाग अगाडि आत्मदाह प्रयासपछि उपचारका क्रममा निधन भएका मुगुका गणेश नेपालीको परिवारलाई मानवीय सहयोगसहित उनका सन्तानलाई निःशुल्क शिक्षा उपलब्ध गराउने काठमाडौँ महानगरपालिकाले घोषणा गरेको छ । 

एक विज्ञप्ति जारी गर्दै काठमाडौँ महानगरले मृतक नेपालीका सन्तानलाई निःशुल्क शिक्षा, मानवीय सहयोग र परिवारको एक सदस्यलाई रोजगारी उपलब्ध गराउने सम्बन्धमा आगामी कार्यपालिका बैठकबाट विधिधसम्मत निर्णय गर्ने बताएको हो “दिवंगत गणेश नेपालीका परिवारलाई काठमाडौँ महानगरपालिकाको तर्फबाट मानवीय सहयोग, रोजगारी उपलब्ध गराउने तथा सन्ततिलाई निःशुल्क शिक्षा दिने सम्बन्धमा विधिसम्मत रूपमा कार्यपालिका बैठकबाट निर्णय गरिनेछ,” महानगरले विज्ञप्ति मार्फत जानकारी गराएको छ । 

१३ घण्टा पहिले
हाम्रो आवाज