नेपाली समय:

वि.सं २०८३ आषाढ ३०   मंगलवार

EnglishEN
बैंककको एक बारमा आगलागी हुँदा २७ जनाको मृत्यु, ६० भन्दा बढी घाइते,

बैंककको एक बारमा आगलागी हुँदा २७ जनाको मृत्यु, ६० भन्दा बढी घाइते,

असार -२९
एजेन्सी - थाइल्यान्डको राजधानी बैंककस्थित एक बारमा भीषण आगलागी हुँदा कम्तीमा २७ जनाको मृत्यु भएको छ। थाइल्यान्डका प्रधानमन्त्री अनुतिन चर्नविराकुलले घटनाको पुष्टि गर्दै अन्य दर्जनौँ व्यक्ति घाइते भएको र उनीहरूलाई अस्पताल लगिएको जानकारी दिएका छन्। आगलागीको यकिन कारण भने अझै खुल्न सकेको छैन र यस विषयमा अनुसन्धान भइरहेको छ।

सोमबार मध्यरातलगत्तै बारमा आगो लागेको खबर पाएपछि अग्नि नियन्त्रकहरू घटनास्थल पुगेका थिए। सामाजिक सञ्जाल ‘एक्स’ मा सार्वजनिक भिडियो फुटेजमा बारको मुख्य ढोकाबाट आगोको ठूलो मुस्लो बाहिर निस्किरहेको र मानिसहरू चिच्याउँदै ज्यान जोगाउन भागिरहेको देखिन्छ। भाग्ने क्रममा केही मानिसहरू लडेका र दुई जनाको शरीरमै आगो लागेको दृश्यमा देख्न सकिन्छ।

१९ घण्टा पहिले
हाम्रो आवाज