नेपाली समय:

वि.सं २०८३ साउन ५   मंगलवार

EnglishEN
अविरल वर्षाले देशभरका विभिन्न राजमार्ग अवरुद्ध,

अविरल वर्षाले देशभरका विभिन्न राजमार्ग अवरुद्ध,

साउन -४
काठमाडौँ - अविरल वर्षाका  बाढी र पहिरोका कारण देशका विभिन्न राजमार्ग तथा सडकखण्ड अवरुद्ध भएका छन् । 

प्राप्त विवरणअनुसार धेरै स्थानमा सडक पूर्ण रूपमा बन्द भएका छन् भने केही क्षेत्रमा रातिको समयमा सवारी आवागमनमा रोक लगाइएको छ ।
सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिकास्थित जिरोकिलो र कोदारी क्षेत्रमा पहिरो तथा लेदो खसेपछि अरनिको राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ । यस्तै चितवनको इच्छाकामना गाउँपालिका–३ फिस्लिङस्थित पृथ्वी राजमार्गमा पनि पहिरो झरेपछि सवारी आवागमन ठप्प भएको छ ।


रसुवाको उत्तरगया गाउँपालिकास्थित त्रिशूली–मैलुङ–स्याफ्रुबेँसी सडकखण्ड, रोल्पाको माडी गाउँपालिकास्थित रुकुम–घोराही शहीद मार्ग, दार्चुलाको महाकाली राजमार्ग, बागलुङको जैमिनी नगरपालिकास्थित कालीगण्डकी करिडोर तथा खोटाङको मध्यपहाडी लोकमार्गअन्तर्गत दिक्तेल–भोजपुर सडकखण्ड पनि पहिरोका कारण पूर्ण रूपमा अवरुद्ध भएका छन् ।

 

२२ घण्टा पहिले
हाम्रो आवाज