नेपाली समय:

वि.सं २०८३ साउन १३   बुधवार

EnglishEN
इरानमा सरकार विरोधी प्रदर्शनकारीलाई मृत्युदण्डको सजाय,

इरानमा सरकार विरोधी प्रदर्शनकारीलाई मृत्युदण्डको सजाय,

साउन -१२
एजेन्सी- इरानको अदालतले मंगलबार गत जनवरीमा सरकार विरोधी प्रदर्शनसँग सम्बन्धित अभियोगमा नियन्त्रणमा लिएका दुई जनालाई फाँसी दिएको छ।

मृत्युदण्डको सजाय सुनाइएका अबोल्फजल सिपाही र अमिर-हुसेन सफारीलाई मंगलबार बिहानै मृत्युदण्ड दिइ सकिएको इरानी सञ्चार माध्यमहरूले जनाएका छन्। 

मेहर समाचार एजेन्सीले मध्य इस्फहान प्रान्तको मालेक्षहर सहरको एउटा चोकमा धेरै मानिसहरको उपस्थितिको बीचमा उनीहरूलाई फाँसी दिइएको रिपोर्ट गरेको छ।

मृत्युदण्डको सजाय गरिएका दुवैजनालाई गत जनवरी ८ मा प्रहरी अधिकारीहरूलाई चक्कुले आक्रमण गरेको, प्रहरीलाई बाँधेर, तानेर, पेट्रोल हालेर आगो लगाएको अभियोगमा दोषी ठहर भएको मिजानले जनाएको छ।

११ घण्टा पहिले
हाम्रो आवाज