देवानगञ्ज घटना अपडेट: छानबिन समिति घटनास्थल पुग्यो,
साउन- १२
विराटनगर - सुनसरीको देवानगञ्ज घटना सम्बन्धी छानबिन गर्न गठित टोली घटनास्थल पुगेको छ । आइतबार राति दुई समुदायका बीच डिजे सम्बन्धी विषयलाई लिएर भएको झडपका क्रममा सशस्त्र प्रहरीलको गोलीबाट एकजनाको मृत्यु र प्रहरीसहित २४ जना घाइते भएपछि गृहमन्त्रालयले ५ सदस्यीय छानबिन समिति गठन गरेको छ।
छानबिन समितिले आजबाट काम थालेको हो । सहसचिव भूपेन्द्र थापाको संयोजकत्वमा गठित छानबिन समितिले घाइतेहरूलाई भेटेका छन् ।
यसका साथै अहिले जिल्ला प्रशासन कार्यालय सुनसरीमा घटनाका सरोकारवालासँग छलफल भइरहेको छ । टोलीले एक साताभित्र प्रतिवेदन दिनेछ ।

