नेपाली समय:

वि.सं २०८३ साउन १४   बिहीवार

EnglishEN
सांसद गणेश पौडेललाई अपमानजनक व्यवहार गर्ने व्यक्ति पक्राउ,

सांसद गणेश पौडेललाई अपमानजनक व्यवहार गर्ने व्यक्ति पक्राउ,

 

साउन -१४

गौर - रौतहट क्षेत्र नं. ४ का प्रतिनिधिसभा सदस्य गणेश पौडेलमाथि सार्वजनिक रूपमा कालो मोसो प्रहार गरी अपमानजनक व्यवहार गर्ने घटनामा संलग्न दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । तर, घटनामा संलग्न भनिएका अन्य व्यक्ति अझै प्रहरीको पहुँच बाहिर छन् ।

जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार साउन ७ गते गढीमाई नगरपालिका–७ स्थित मठमन्दिर नजिक सांसद पौडेलले जनताका गुनासा सुनिरहेका बेला केही व्यक्तिले ‘मधेश मुक्ति अभियान’का नारा लगाउँदै पर्चा छरेर पछाडिबाट मोसो प्रहार गरेका थिए। घटनाले जिल्लाको राजनीतिक वृत्तमा तरंग पैदा गरेको थियो ।

घटनापछि जिल्ला प्रहरी कार्यालय रौतहट र इलाका प्रहरी कार्यालय गरुडाको संयुक्त टोलीले अनुसन्धान अघि बढाउँदै गढीमाई नगरपालिका–३ घर भई हाल वडा नं. ७ धनाडी बस्ने २० वर्षीय शेख इर्फान र सोही वडाको गाहेरिया निवासी १९ वर्षीय इर्फान अन्सारीलाई पक्राउ गरेको छ।

१४ घण्टा पहिले
हाम्रो आवाज