नेपाली समय:

वि.सं २०८३ साउन १४   बिहीवार

EnglishEN
सुनसरी घटनाको प्रभाव: सिरहामा अनिश्चितकालीन कर्फ्यु आदेश,

सुनसरी घटनाको प्रभाव: सिरहामा अनिश्चितकालीन कर्फ्यु आदेश,

साउन -१४

सिरहा- सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा भएको घटनाको प्रभाव मधेशका अन्य जिल्लासम्म फैलिन थालेपछि सिरहाको गोलबजार क्षेत्रमा स्थानीय प्रशासनले अनिश्चितकालीन कर्फ्यू जारी गरेको छ।

जिल्ला प्रशासन कार्यालय सिरहाले सुरक्षा अवस्था संवेदनशील बनेको भन्दै जिल्ला सुरक्षा समितिको निर्णयअनुसार कर्फ्यू आदेश लागू गरिएको जनाएको छ।

प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलद्वारा जारी आदेशअनुसार बिहीबार दिउँसो २ बजेदेखि अर्को आदेश जारी नभएसम्म गोलबजार नगरपालिकाको तोकिएको क्षेत्रमा कुनै पनि प्रकारको आवतजावत, सभा, प्रदर्शन तथा जमघट गर्न रोक लगाइएको छ।

कर्फ्यूको दायरा पूर्वमा कसाह खोला, पश्चिममा चोहर्वा चोक, उत्तरमा सैनिक चोक र दक्षिणमा राजेन्द्र प्रसाद राजकीय बहुमुखी क्याम्पस आसपाससम्म निर्धारण गरिएको प्रशासनले जनाएको छ।

 

९ घण्टा पहिले
असलम खान