नेपाली समय:

वि.सं २०८३ साउन १४   बिहीवार

EnglishEN
जापान भूकम्प अपडेट: भूकम्पमा परि मृत्यु हुनुको सङ्ख्या २८ पुग्यो,

जापान भूकम्प अपडेट: भूकम्पमा परि मृत्यु हुनुको सङ्ख्या २८ पुग्यो,


साउन- १४

गत मङ्गलबार जापानमा गएको शक्तिशाली भूकम्पबाट मृत्यु हुनेहरूको सङ्ख्या २८ पुगेको  छ।

गत मङ्गलबार गएको भूकम्पपछि ग्यास विस्फोट भएको एओन सपिङ मलको भग्नावशेषबाट चार जनाको शव निकालिएको कुमामोटो अधिकारीहरूले बताएपछि सरकारले नयाँ तथ्याङ्क जारी गरेको हो।

मलबाट दश जनालाई बाहिर निकाल्न सफल भएको र उनीहरू मध्ये चार जनाको मृत्यु भएको पुष्टि भएको छ। उद्धार गरिएको पाँच जनालाई चोट लागेको दक्षिणपश्चिमी क्षेत्रका विपद् व्यवस्थापन विभागका अधिकारीलाई उदृत गर्दै एएफपीले जनाएको छ।

८ घण्टा पहिले
हाम्रो आवाज