नेपाली समय:

वि.सं २०८३ साउन १८   सोमवार

EnglishEN
छिमेकी राष्ट्र चीनमा गएको बाढीले २५ जनाको मृत्यु,

छिमेकी राष्ट्र चीनमा गएको बाढीले २५ जनाको मृत्यु,

साउन -१७

बेइजिङ- उत्तर–पश्चिम चीनमा आएको आकस्मिक बाढीमा परी मृत्यु हुनेको सङ्ख्या २५ पुगेको छ भने २३ जना घाइते भएका छन्।

सरकारी सञ्चारमाध्यमले आइतबार सार्वजनिक गरेको विवरणअनुसार घटनाको एक सातापछि मृतकको सङ्ख्या अद्यावधिक गरिएको हो। जुलाई २६ मा दिनभरका लागि क्याम्पिङ गर्ने पर्यटकमाझ लोकप्रिय ‘सुवाङशिमेन सिनिक एरिया’मा अचानक बाढी पसेको थियो।

घटनापछि सुरुमा १० जनाको मृत्यु भएको र २३ जना घाइते भएको जानकारी दिइएको थियो। चिनियाँ समाचार संस्था सिन्ह्वाका अनुसार राष्ट्रिय विपद् रोकथाम आयोगले घटनाको अनुसन्धानको निगरानी गर्ने घोषणा गरेपछि मृतकको अद्यावधिक विवरण सार्वजनिक गरिएको हो। 

१० घण्टा पहिले
हाम्रो आवाज