नेपाली समय:

वि.सं २०८३ साउन २२   शुक्रवार

EnglishEN
पत्रकार परिचयपत्र बोकेर लागू औषध कारोबारमा संलग्न व्यक्तिसहित तीनजना पक्राउ,

पत्रकार परिचयपत्र बोकेर लागू औषध कारोबारमा संलग्न व्यक्तिसहित तीनजना पक्राउ,


साउन- २१

काठमाडौँ -  लागुऔषध नियन्त्रण ब्युरोले पत्रकार परिचय पत्र देखाउँदै लागुऔषध कारोबारमा संलग्न एकजना सहित ३ जना कारोबारीहरूलाई पक्राउ गरेको छ । 

ब्युरोको शाखा कार्यालय बर्दिबासबाट खटिएको टोलीले बुधबार सिन्धुलीको दुधौली नगरपालिका–९ बाट बा.१६ च ७८४६ नम्बरको कार सहित ३ जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा सिरहा लक्ष्मीपुर घर भएका २६ वर्षीय उमेश कुमार यादव, लहान नगरपालिका–१० घर भएका ३० वर्षीय रमेश कुमार राम र लक्ष्मीपुर गाउँपालिका–२ घर भएका २५ वर्षीय गुल्सन प्रसाद साह रहेका छन् । पक्राउ परेका तीनजनालाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

१८ घण्टा पहिले
हाम्रो आवाज