नेपाली समय:

वि.सं २०८३ साउन २२   शुक्रवार

EnglishEN
युगान्डाका चर्चित फुटबलर डेभिड ओवोरीको हत्या,

युगान्डाका चर्चित फुटबलर डेभिड ओवोरीको हत्या,

साउन -२१

एजेन्सी- युगान्डा प्रिमियर लिग टोली एससी भिल्ला तथा युगान्डाको राष्ट्रिय टोलीका मिडफिल्डर डेभिड ओवोरीको हत्या भएको छ। राजधानी कम्पालास्थित आफ्नै घर नजिकै लुटपाटको आशङ्कामा उनीमाथि कुटपिट गरी हत्या गरिएको हो।

प्रहरीका अनुसार मङ्गलवार राति आफ्नो फोन लुट्ने प्रयासको प्रतिकार गर्दा ओवोरीमाथि आक्रमण भएको थियो। आक्रमणकारीहरूले उनीमाथि ढुङ्गा तथा पेभिङ ब्लक प्रहार गरी गम्भीर घाइते बनाएका थिए। उपचारका लागि अस्पताल लगिएको केही घण्टामै उनको निधन भएको थियो।

ओवोरी युगान्डाका सबैभन्दा चर्चित र सफल फुटबलरहरूमध्ये एक थिए। उनी एससी भिल्लाका कप्तानसमेत थिए, जसको नेतृत्वमा टोलीले सन् २०२४ मा २० वर्षपछिको पहिलो युगान्डा प्रिमियर लिगको उपाधि जितेको थियो। उनको हत्याको खबरले सिङ्गो देश स्तब्ध बनेको छ।

१० घण्टा पहिले
हाम्रो आवाज