नेपाली समय:

वि.सं २०८३ भाद्र १७   बुधवार

EnglishEN
कोलम्बियामा गएको शक्तिशाली भूकम्पमा परी १३० जनाको मृत्यु,

कोलम्बियामा गएको शक्तिशाली भूकम्पमा परी १३० जनाको मृत्यु,

साउन -२६

एजेन्सी- कोलम्बियाको पश्चिमी क्षेत्रमा गएको शक्तिशाली भूकम्पमा परी कम्तीमा १३० जनाको मृत्यु भएको छ।देशको भूगर्भ विभागका अनुसार स्थानीय समय अनुसार बिहान ७:३४ बजे चोको प्रान्तलाई केन्द्रबिन्दु बनाएर गएको ७.४ म्याग्निट्यूडको शक्तिशाली भूकम्पले धेरै जनधनको क्षति पुर्‍याएको छ।

उद्धारकर्मीहरूले भत्किएका भवनमा फसेका मानिसहरूको खोजी गरिरहेका छन्। दशकौँपछि आएको विनाशकारी भूकम्पपछि देशमा आपत्काल घोषणा गरिएको छ।

भूकम्पको धक्का छिमेकी देशहरू भेनेजुएला, एक्वेडर र पनामासम्म महसुस भएको बताइएको छ ।

 

११ Aug २०२६ , ८:५०am
हाम्रो आवाज