नेपाली समय:

वि.सं २०८३ भाद्र १   सोमवार

EnglishEN
आज नागपञ्चमी पर्व मनाइँदै,

आज नागपञ्चमी पर्व मनाइँदै,

भदौ-३१

काठमाडौँ- नागपञ्चमी पर्व आज परम्पराअनुसार नागको पूजाअर्चना गरी मनाइँदैछ। घरको मूलढोकामा विधिपूर्वक नागको तस्बिर टाँसेर यो पर्व मनाइन्छ।

हरेक वर्ष श्रावण शुक्ल पञ्चमीका दिन नागपञ्चमी मनाइन्छ। यस वर्ष जेठमा अधिकमास परेका कारण सौरमासअनुसार भदौको पहिलो दिन यो पर्व परेको हो।

नागको तस्बिर टाँस्दा वर्षभरि घरमा नाग, सर्प र बिच्छीलगायतका जीवले दुःख नदिनुका साथै अग्नि, मेघ र चट्याङको भयबाट पनि बच्न सकिन्छ भन्ने धार्मिक विश्वास रहेको छ ।


 

१ घण्टा पहिले
हाम्रो आवाज