नेपाली समय:

वि.सं २०८१ बैशाख १७   सोमवार

EnglishEN
अफगानिस्तानमा विमान दुर्घटना

अफगानिस्तानमा विमान दुर्घटना

माघ ७, काबुल(एजेन्सी)। अफगानिस्तानको बदख्सान प्रान्तमा एउटा विमान दुर्घटना भएको खबर छ । यद्यपि, यी रिपोर्टहरूको स्वतन्त्र रूपमा पुष्टि हुन सकेको छैन।

बदख्सान प्रान्तको तालिबान कमाण्डले जारी गरेको विज्ञप्तिमा यो विमानको प्रकार र कुन देशका कित यात्रु सवार थिए भन्ने अहिलेसम्म थाहा नभएको बताइएको छ । तालिबानले मिडियालाई साझा गरेको विज्ञप्तिमा उक्त विमान आफ्नो मूल बाटोबाट हटेर बदख्सान प्रान्तको जिबाक जिल्लाको उच्च पहाडी क्षेत्रमा दुर्घटनाग्रस्त भएको बताइएको छ ।

विमान कहाँबाट कहाँ जाँदै थियो र सवार को–को थिए भन्ने आधिकारिक जानकारी दिइएको छैन । तर, अफगान मिडियाले उक्त विमान भारतीय भएको दाबी गरेको छ । तर अहिलेसम्म भारतले आफ्नो कुनै पनि विमान बेपत्ता भएको पुष्टि गरेको छैन ।

बीबीसीसँग कुरा गर्दै भारतको विदेश मन्त्रालयका प्रवक्ता रणधीर जैसवालले भने, ‘हामीले मिडियामा पनि रिपोर्टहरू हेरेका छौँ। हामीसँग अहिले कुनै पुष्टि भएको जानकारी छैन । हामी थप जानकारी सङ्कलन गरिरहेका छौँ।’

भारतीय समाचार एजेन्सी एएनआईले डीजीसीए अधिकारीहरूलाई उद्धृत गर्दै दुर्घटनामा परेको विमान भारतीय नभएको बताएको छ। अधिकारीहरूले यो विमान मोरक्कोमा दर्ता भएको डीएफ-१० विमान भएको बताएका छन् ।

भारतको नागरिक उड्डयन मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘अफगानिस्तानमा दुर्भाग्यपूर्ण दुर्घटनाको शिकार भएको विमान न त निर्धारित भारतीय विमान हो न त भारतीय चार्टर विमान। यो मोरक्कोमा दर्ता भएको सानो विमान हो। विवरणको प्रतिक्षा छ।’

२१ Jan २०२४ , ३:२७pm
हाम्रो आवाज