नेपाली समय:

वि.सं २०८० चैत्र १६   शुक्रवार

EnglishEN
सी.सी क्यामरा को निगरानी मा अब त्रि. वि को परिक्षा

सी.सी क्यामरा को निगरानी मा अब त्रि. वि को परिक्षा

हाम्रो आवाज -संवाददाता

काठमाण्डौ/फागुन -१९/सी.सी क्यामरा को निगरानी मा अब त्रिभुवन विश्व विद्यालय अन्तर्गत का सबै परीक्षा केन्द्रहरू मा परिक्षा संचालन गरिने भएको छ ।
त्रि. वि परीक्षा नियंत्रण कार्यालय बल्खु द्वारा सुचना जारी गरि त्रि. वि अंतर्गत का सबै परिक्षा केन्द्र हरू लाई जानकारी गराइएको हो।

२०७७ चैत २०  गते भित्र परिक्षा संचालन कक्ष, उत्तर पुस्तिका सिलबन्दी कक्ष र प्रवेश द्ववार को दृश्य आउने गरि सी.सी क्यामरा जड़ान गर्नुपर्ने त्रि.वि ले मातहत का  सबै परीक्षा केन्द्र हरू लाई निर्देशन दिएको छ ।

त्रि.वि को उक्त सुचना बमोजिम परिक्षा संचालन नगर्ने परिक्षा केन्द्र लाई परिक्षा केन्द्र बाट बंचित गर्ने त्रि. वि.ले जनाएको छ ।

३ Mar २०२१ , ८:२८pm
असलम खान