नेपाली समय:

वि.सं २०७९ जेठ १०   मंगलवार

EnglishEN
स्याङ्जा दुर्घटनामा मृतक सबै १४ जनाको सनाखत

स्याङ्जा दुर्घटनामा मृतक सबै १४ जनाको सनाखत

बैशाख ३०, काठमाडौं । स्याङ्जा जीप दुर्घटनामा मृत्यु हुनेको संख्या १४ जना पुगेको छ । मृतक सबैको सनाखत भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ । मृत्यु हुनेमा वालिङ नगरपालिका १४ का माया पुन, प्रविन कुँवर, कुलदीप कुँवर, डेमा कुमारी कुँवर, हरिकला कुँवर, टंकलाल कुँवर, जमुना कुँवर, भीमकला कुँवर, मुवा कुँवर, मीना कुँवर, किप्फूल देवी कुँवर, कोर्ट कुमारी कुँवर, ज्ञानदली कुँवर  र जानुका कुँवर रहेका छन् । 

स्याङ्जाको वालिङ नगरपालिका–१४ पञ्चमुल अर्खलबासको भित्रि सडकमा ग२ च ३०२६ नम्बरको जीप शुक्रबार बिहान दुर्घटना भएको थियो । यस्तै ११ जना घाइते भएको केन्द्रीय प्रहरी प्रवक्ता विष्णुकमार केसीले जानकारी दिए । सिख्रेबाट तिवारी पसलतर्फ जाँदै गरेको उक्त जीप अनियन्त्रित भई सडकबाट करिब ५ सय मिटर तल खसेको थियो । घटनापछि प्रहरी अधिकृत सहितको टोली खटिई गई घाइतेलाई उपचारको लागि जीएमसी पोखरा पठाएको छ ।

दुर्घटना स्थलमा उद्दार कार्य गर्नुका साथै दुर्घटना सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । जीपमा सवार अधिकांश मतदाता भएको बताइएको छ ।

१३ May २०२२ , २:१८pm
हाम्रो आवाज