नेपाली समय:

वि.सं २०८१ आषाढ ९   शनिवार

EnglishEN
सेयर बजारमा झन्डै साढे ६ अर्बको कारोबार

सेयर बजारमा झन्डै साढे ६ अर्बको कारोबार

 

जेठ -३१

काठमाडौं । साताको कारोबारको अन्तिम दिन आज सेयर बजारमा सामान्य गिरावट भए पनि कारोबार रकम भने बढेको छ । आज ९ दशमलव ३२ अंकले बजार ओरालो लागे पनि ६ अर्ब ४४ करोड ३० लाख २९ हजार २ सय ०८ रुपैयाँको कारोबार भएको हो ।

बजार उकालो लाग्न थालेको तेस्रो दिन घटेको बजार परिसूचक भने २११२ दशमलव २९ को विन्दुमा आइपुगेको छ । बिहीबार ३१३ कम्पनीका ७७ हजार ४ सय पटकको कारोबारमा १ करोड ४२ लाख ९४ हजार ७ सय १२ कित्ता सेयर खरिद बिक्री भएको छ ।

१३ Jun २०२४ , ४:२७pm
हाम्रो आवाज