नेपाली समय:

वि.सं २०८१ पौष ६   शनिवार

EnglishEN
सिरियामा बसर अल असतको शासन अन्त्य,

सिरियामा बसर अल असतको शासन अन्त्य,

मङ्सिर -२५ (एजेन्सी)

सिरियाका राष्ट्रपति बसर अल असदको शासन अन्त्य भएको छ। सेनाले असदले देश छोडेको पुष्टि गर्दै उनको शक्ति समाप्त भएको जनाएको छ। विद्रोही समूह र सेनाबीच विगत ११ दिनदेखि भिडन्त चलिरहेको थियो।

विद्रोही लडाकुहरूले आइतबार बिहान राजधानी दमास्कसमा प्रवेश गरेपछि, असदले देश छोडेका छन्।  

यसको बीचमा, सिरियाली प्रधानमन्त्री मोहम्मद गाजी अल जलालीले सत्ता हस्तान्तरण गर्ने प्रस्ताव गरेका छन्। उनले आफू देशमै रहने र सिरियाली जनताले चुन्ने जुनसुकै काम गर्ने बताएका छन्।  

१० Dec २०२४ , ८:०२am
हाम्रो आवाज