नेपाली समय:

वि.सं २०८१ बैशाख १२   बुधवार

EnglishEN
डेंगु सङ्क्रमितको सङ्ख्यामा बढोत्तरी, चितवनमा एक संक्रमितको मृत्यु

डेंगु सङ्क्रमितको सङ्ख्यामा बढोत्तरी, चितवनमा एक संक्रमितको मृत्यु

अश्विन ४, बाँके । पछिल्लो केही महिनादेखि देशभर डेंगुको प्रकोप बढ्दै गएको छ।  इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार २४ घण्टामा एक हजार सात जनामा डेंगु सङ्क्रमण पुष्टि भएको छ भने , एक जनाको मृत्यु भएको छ।

मृत्यु हुनेमा पूर्वी चितवनको रत्ननगर – १ का २७ वर्षीय पुरुष रहेका छन् ।उनको उपचारका क्रममा पुरानो मेडिकल कलेजमा मृत्यु भएको हो । अस्पतालका फिजिसियन डा. आलोक प्रधानका अनुसार डेङ्गु सङ्क्रमण पुष्टि भएर उपचारका क्रममा उनको मृत्यु भएको हो ।

यो सँगै नेपालमा २१ जना डेंगु सङ्क्रमितको मृत्यु हुनुका साथै  ७५ जिल्लाबाट १७ हजार ५९४ जनामा डेंगु पुष्टि भएको महाशाखाको तथ्याङ्कमा उल्लेख छ।

 

 

२० Sep २०२२ , ३:३१pm
हाम्रो आवाज