नेपाली समय:

वि.सं २०८२ भाद्र २९   आइतबार

EnglishEN
बिद्यार्थी सिकाई सहजिकरण निर्देशिका २०७७ जारी , असोज १ बाट विद्यालय तह को नियमित पठन पाठन सुरु हुने

बिद्यार्थी सिकाई सहजिकरण निर्देशिका २०७७ जारी , असोज १ बाट विद्यालय तह को नियमित पठन पाठन सुरु हुने

काठमाण्डौ-भदौ -२६
विश्व व्यपि महामारी को रुपमा फैलिएको क्रोना भाइरस संक्रमण ले ५ महीना देखि ठप्प रहेको बिद्यालय तह को पठनपाठन लाई नियमित रुपमा अगाडि बढाउन र यस वर्ष को शैक्षिक सत्र लाई खेर जान न दिन यही असोज १ देखि लागू हुनेगरी विद्यार्थी सिकाई सहजिकरण निर्देशिका जारी गरिएको छ ।

गत असार मा वैकल्पिक बिधि बाट सिकाई सहजिकरण अभियान सुरु भएपनि प्रभावकारी ढंग बाट अगाडि बढ़न नसक्ने भएपछि शिक्षा ऐंन २०२८ को दफा १९ क. ले दिएको अधिकार प्रयोग गरि शिक्षा मंत्रालय ले यो निर्देशिका जारी गरेको छ । शिक्षा मंत्रालय द्वारा जारी यस निर्देशिका अनुसार स्थानीय तह ले विद्द्यालय गत,क्षेत्रगत वड़ा गत र कक्षा गत रुपमा पठान पाठन गराउन सक्ने निर्देशिका मा उल्लेख गरिएको छ । विद्यार्थी को शैक्षिक सत्र लाई खेर जान नदिन दिनदिनै बढ्दै गरेको क्रोना भाइरस को संक्रमण लाई मध्य नजर गर्दै विद्यालय खोलेर नियमित पठन पाठन हुन नसक्ने अवस्था मा बैकल्पिक सिकाई  लाई नै मान्यता दिदै यो निर्देशिका जारी गरिएको मंत्रालय का प्रवक्ता दीपक शर्मा ले बताएका छन ।

उक्त निर्देशिका मा  विद्यालय ले भर्ना लिनुपर्ने, निजी विद्यालय ले शुल्क लिन पाउने, शैक्षिक तथ्यांक बुझाउनु पर्ने, बिद्द्यार्थी को मूल्यांकन गर्नु पर्ने व्यवस्था निर्देशिका ले गरेको छ । यसका साथै निर्देशिका को दफा ३३ को उपदफा २ मा कुनै क्षेत्र विशेष मा नियमित विद्यालय संचालन हुन सक्ने व्यवस्था भएमा प्रत्यक्ष सिकाई क्रियाकलाप संचालन गर्न बाधा पर्ने छैन भन्ने निर्देशिका मा उल्लेख गरिएको छ ।

१२ Sep २०२० , ८:१३pm
हाम्रो आवाज