नेपाली समय:

वि.सं २०८३ मंसिर ९   मंगलवार

EnglishEN
औषधिमा रेक्टिफाइड स्पिरिट गुणस्तर सुनिश्चित गर्न विभागको निर्देशन,

औषधिमा रेक्टिफाइड स्पिरिट गुणस्तर सुनिश्चित गर्न विभागको निर्देशन,

मंसिर-८

काठमाडौं - औषधि उद्योगमा प्रयोग हुने रेक्टिफाइड स्पिरिट (इथानोल ९५ प्रतिशत) को गुणस्तर सुनिश्चित गर्न औषधि उद्योग तथा यससँग सरोकार वाला निकाय तथा व्यक्तिलाई औषधि व्यवस्था विभागले निर्देशन दिएको छ ।

औषधि उद्योगको विभिन्न प्रयोजनमा सहायक कच्चा पदार्थका रुपमा उक्त रेक्टिफाइड स्पिरिट (इथोनल ९५ प्रतिशत) को प्रयोग हुँदै आएको छ । उक्त पदार्थले औषधिको गुणस्तरमा प्रत्यक्ष प्रभाव पार्न सक्ने भएकाले यसको गुणस्तर सुनिश्चित हुनु अत्यावश्यक रहेको भन्दै यसको मात्रा सुनिश्चितताका लागि विभागले सूचना जारी गरी उक्त निर्देशन दिएको हो ।

६ घण्टा पहिले
हाम्रो आवाज