नेपाली समय:

वि.सं २०८३ मंसिर ७   आइतबार

EnglishEN
कंगो इबोला संक्रमण प्रकोप-मृत्यु हुनेको सङ्ख्या पाँच हजार नाघ्यो,

कंगो इबोला संक्रमण प्रकोप-मृत्यु हुनेको सङ्ख्या पाँच हजार नाघ्यो,

मंसिर-६

काठमाडौं – प्रजातान्त्रिक गणतन्त्र कंगो (डीआर कंगो) मा फैलिएको इबोला भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या ५ हजार नाघेको छ । हाल संक्रमणबाट मृत्यु हुनुको सङ्ख्या ५ हजार ६७८ पुगेको छ । शनिबार सार्वजनिक स्वास्थ्य अधिकारीहरूको तथ्यांकअनुसार देशभर हालसम्म ११ हजार ६१३ जनामा संक्रमण पुष्टि भएको छ ।

संक्रमितमध्ये ५ हजार ६७८ जनाको मृत्यु भएको छ । यसअनुसार संक्रमणबाट मृत्यु हुने दर ४८.९ प्रतिशत पुगेको छ । हालसम्म ३ हजार १४८ जना उपचारपछि निको भएर अस्पतालबाट डिस्चार्ज भएका छन् भने १ हजार ७४३ जना उपचार वा क्वारेन्टिनमा रहेका छन् ।

संक्रमितको सम्पर्कमा आएका व्यक्तिहरूको पहिचान तथा निगरानी गर्ने दर ८२.६ प्रतिशत रहेको स्वास्थ्य अधिकारीहरूले जनाएका छन् ।

 

८ घण्टा पहिले
हाम्रो आवाज