
जापानी प्रधानमन्त्री इशिवाले दिए राजीनामा,
काठमाडौँ । जापानी प्रधानमन्त्री इशिबा शिगेरुले राजीनामा दिएका छन् । आइतबार पत्रकार सम्मेलन गरेर इशिवाले राजीनामा घोषणा गरेको जापानी मिडियाले उल्लेख गरेको छ ।
इशिबाले शनिबार पूर्व प्रधानमन्त्री सुगा योशिहिदे र कृषिमन्त्री कोइजुमी शिन्जिरोलाई भेटेपछि राजीनामाको निर्णयमा पुगेको बताइएको छ ।