
स्कुल बसको ठक्करबाट एक जनाको घटनास्थलमै मृत्यु, पाँच बढी घाइते
फागुन २०, जनकपुर । धनुषाको जनकपुरधामस्थित जनकपुरधाम उपमहानगरपालिका २३ विन्धीमा स्कुल बसको ठक्करबाट एक जनाको मृत्यु भएको छ ।
एन्जल्स सेकेन्डरी बोर्डिङ स्कुलको बसले ठक्कर दिँदा एक जनाको घटनास्थलमै मृत्यु भएको हो । दुर्घटनामा अन्य पाँच जना भन्दा बढी घाइते भएका छन् ।