नेपाली समय:

वि.सं २०८१ बैशाख १५   शनिवार

EnglishEN
नेपालगंज मा शान्ति तथा सदभाव भंग गर्ने चार जना बाँके प्रहरी द्वारा पक्राउ

नेपालगंज मा शान्ति तथा सदभाव भंग गर्ने चार जना बाँके प्रहरी द्वारा पक्राउ

असोज -१९

 

नेपालगज- बाँकेको नेपालगञ्जमा लगाईएको निषेधाज्ञा उल्लंघन गर्ने चार जनालाई प्रहरीले नेपालगज को बी पी चोक बाट पक्राउ गरेको छ।

 

नेपालगज मा मंगलबार भएको दुई समुदाय बीच को झडप ले तनावग्रस्त बनेको नेपालगज लाई पुनः पुरानो लय मा फरकाउन तथा शान्ति पुर्ण वातावरण सिर्जना गर्न बाँके प्रहरी ले जारी गरेको निषेधाज्ञा को उल्लंघन गरेको आरोप मा निषेधाज्ञा उल्लंघन गर्ने ३४ वर्षीय रियाज खान र २८ वर्षीय सहबाज लाई पक्राउ गरेको छ । यसै गरी सामाजिक सञ्जाल टिकटक मार्फत सामाजिक सदभाव खलल पुरयाउने हेतु ले सामग्री पोस्ट गरेको आरोप मा नेपालगज कै २३ वर्षीया ललिता पोरवाल र २६ वर्षीया शिला पोरवाल लाई पक्राउ गरेको बाँके प्रहरी ले जनाएको छ ।

 

चारै जना माथि प्रचलित कानुनी प्रक्रिया बमोजिम कारबाही गरिने बाँके प्रहरीले जनाएको छ ।

६ Oct २०२३ , ९:३९pm
हाम्रो आवाज