नेपाली समय:

वि.सं २०८१ आषाढ ९   शनिवार

EnglishEN
ताप्लेजुङमा बाढीले पुल बगाएपछि सडक अवरुद्ध

ताप्लेजुङमा बाढीले पुल बगाएपछि सडक अवरुद्ध

 

जेठ- ३१ रासस

ताप्लेजुङ – ताप्लेजुङमा बुधबार राति वर्षासँगै आएको बाढीले फक्ताङलुङ गाउँपालिकाका विभिन्न ठाउँमा पुल बगाएको छ। बाढीले चार ठाउँमा पुल बगाएपछि तमोर करिडोरअन्तर्गतको सदरमुकाम फुङलिङबाट तापेथोक–लेलेप जोड्ने सडक अवरुद्ध भएको हो।

बाढीले फक्ताङलुङ गाउँपालिकामा पर्ने सिसवा खोला, तावा खोला र सिस्ने खोलामा रहेका पुल बगाएको स्थानीय सुसन लिम्बूले जानकारी दिए। तावा खोलामा रहेको बेलिब्रिज र काठबाट निर्मित मोटरेवल पुल बाढीले बाढीले बगाएको हो। सो स्थानमा बुधबार रातभर वर्षा भएको थियो।

१३ Jun २०२४ , ४:३३pm
हाम्रो आवाज