नेपाली समय:

वि.सं २०८१ बैशाख ४   मंगलवार

EnglishEN
कर्णालीका तीन मन्त्रीले आज राजीनामा दिने

कर्णालीका तीन मन्त्रीले आज राजीनामा दिने

चैत २४, कर्णाली । कर्णाली प्रदेश सरकारमा एमालेका तर्फबाट मन्त्री भएका तीन जनाले राजीनामा आज राजीनामा दिने भएका छन् । एमालेबाट मन्त्री बनेकाहरू प्रकाश ज्वाला, दल रावल र नन्दसिंह बुढाले राजीनामा दिने भएका हुन् ।

राजीनामाका लागि आज १२ बजे पत्रकार सम्मेलन हुने भएको छ । कर्णाली सरकारमा ज्वाला आर्थिक मामिला तथा योजनामन्त्री, रावल सामाजिक विकासमन्त्री र बुढा उद्योग, पर्यटन वन तथा वातावरणमन्त्री छन् ।

आइतबार बसेको कर्णाली प्रदेशको एमाले संसदीय दलको बैठकले पार्टीको तर्फबाट मन्त्री बनेकाहरूले राजीनामा दिने निर्णय गरेको थियो । सोही निर्णयबमोजिम तीन जना मन्त्रीले राजीनामा दिन लागेका हुन् ।

६ Apr २०२१ , १:२१pm
हाम्रो आवाज