नेपाली समय:

वि.सं २०८१ बैशाख ८   शनिवार

EnglishEN
नेपालगञ्ज विमानस्थलमा बृहत आपतकालीन पूर्वअभ्यास हुने

नेपालगञ्ज विमानस्थलमा बृहत आपतकालीन पूर्वअभ्यास हुने

बाँके-fफाल्गुन १३-

नेपालका आन्तरिक विमानस्थलमध्ये बाँके को नेपालगन्जमा रहेको विमानस्थल मा शुक्रवार आपतकालिन पूर्वअभ्यास हुनेभएको छ। विमानस्थल क्षेत्र मा हुने सम्भावित दुर्घटना लाई ध्यान मा राखी दुर्घटना पश्चात आपातकालीन उद्धार का लागि गरिने क्रियाकलाप लाई व्यवहारिक रुपमै अभ्यास गर्न लागिएको हो ।

शुक्रबार १० देखि साढे १० बजेको बीचमा विमानस्थलमा यस्तो अभ्यास गरिने नेपालगंज विमानस्थल का प्रमुख प्रेमनाथ ठाकुरले जनाएका छन। अभ्यास को क्रम मा बिमान स्थल बन्द हुने समेत उहाँ ले जनाएका छन ।

सेना, सशस्त्र प्रहरी र जनपथ प्रहरीका उद्धार टोली को उपस्थिति मा उक्त अभ्यास हुने भएको छ । एम्बुलेन्स तथा दमकल समेत तयारी अवस्थामा राखी फुल स्केलको आपतकालिन अभ्यान गर्न हुनेभएको छ । आन्तरिक विमानस्थलमा  सामान्य तयारी र अभ्यासका काम हुने भएपनि यसपटक वृहत अभ्यास गर्न लागिएको विमानस्थल प्रमुख ले जनाएका छन ।

२५ Feb २०२१ , ८:२०pm
असलम खान