नेपाली समय:

वि.सं २०८१ बैशाख ७   शुक्रवार

EnglishEN
लेनदेन मुद्दाको फरार व्यक्ति पक्राउ

लेनदेन मुद्दाको फरार व्यक्ति पक्राउ

कार्तिक २०, बाँके । लेनदेन मुद्दामा फरार एक जनालाई बाँके प्रहरीले पक्राऊ गरेको छ।

बाँकेको कोहलपुर नगरपालिका वडा नम्बर. ३ बस्ने वर्ष ४० को रामकृष्ण थारु शुक्रबार पक्राऊ परेका हुन् ।

उनीमाथि बाँके जिल्ला अदालतको मिति २०७९।०६।२८ गतेको फैसलाले लेनदेन मुद्दामा २ बर्ष कैद सजाय तोकिएको थियो । तर थारु हाल सम्म फरार रहँदै आएका थिए ।

उनलाई प्रहरीले पक्राऊ गरी बाँके जिल्ला अदालतले बुझाएको प्रहरीले जनाएको छ।

६ Nov २०२२ , १:३७pm
हाम्रो आवाज