नेपाली समय:

वि.सं २०८१ जेठ ४   शुक्रवार

EnglishEN
ह्युस्टनमा ठूलो विस्फोट  : प्रहरी

ह्युस्टनमा ठूलो विस्फोट  : प्रहरी

       
 ह्युस्टनमा, १० माघ : अमेरिकाको टेक्सास राज्यको ह्युस्टन शहरमा शुक्रबार ठूलो विस्फोट भएको प्रहरीले बताएको छ । बिहानै विस्फोट भएपछि स्थानीयलाई त्रसित बनेका थिए ।    
    
शहरको पश्चिमी क्षेत्रमा विस्फोट भएपछि प्रहरी त्यसतर्फ गएको थियो भने सुरक्षा प्रशासनले शहरमा भीडभाड नगर्न आग्रह गरेको ह्युस्टन प्रहरीले जनाएको छ ।    
    
अमेरिकी समाचार संस्था सीएनएनले विस्फोट बिहान ४ः १५ मा भएको र शहरको पश्चिमी क्षेत्रका केही भवनहरू बेसरी थर्किएका थिए ।    
    
केही स्थानीयले आफ्नो घरमा भ्यालका शिशाहरू चर्किएको बताएका छन् । समाचार सङ्कलन गर्दासम्म घटनामा कोही घाइते भएका वा नभएकाबारे थप विवरण उपलब्ध भइसकेको छैन । रासस/एएफपी   
  

२४ Jan २०२० , ९:४८pm
हाम्रो आवाज