नेपाली समय:

वि.सं २०८१ बैशाख १७   सोमवार

EnglishEN
त्रिविबाट १२ हजार ४१५ विद्यार्थी दीक्षित

त्रिविबाट १२ हजार ४१५ विद्यार्थी दीक्षित

पुष २, काठमाण्डौं। त्रिभुवन विश्वविद्यालयको ४९औं दीक्षान्त समारोहमा सोमबार विभिन्न संकाय र तहमा उपाधिप्राप्त १२ हजार ४१५ विद्यार्थी दीक्षित भएका छन्।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलको उपस्थितिमा प्रधानमन्त्री एवं कुलपति पुष्पकमल दाहालले विद्यार्थीलाई दीक्षित गरेका हुन्। त्रिविको ६१औं ग्रेसलिस्टमा परेका ७४ हजार ७४९ विद्यार्थीमध्ये यस पटक १२ हजार ४१५ विद्यार्थीले दीक्षान्त समारोहमा सहभागिताका लागि आवेदन दिएका थिए।

निवेदन दिएकामध्ये स्नातक तहतर्फ आठ हजार ९८ जना, स्नातकोत्तर तहतर्फ चार हजार १०४, एमफीलतर्फ ४४ तथा विद्यावारिधितर्फ ११२ विद्यार्थी दीक्षित भएका हुन्।

विश्वविद्यालयका कार्यवाहक उपकुलपति प्रा.डा. शिवलाल भुसालले २०७९ असार १ देखि २०८० जेठ मसान्तसम्म उत्तीर्ण विद्यार्थी दीक्षान्त समारोहमा सहभागी हुन पाउने व्यवस्था गरिएको बताए। गत वर्ष १० हजार ३०० विद्यार्थी दीक्षान्त समारोहमा सहभागी भएका थिए।

त्रिविबाट उत्तीर्ण विद्यार्थीलाई स्वदेशमै रोजगारी सहित टिकाउन शिक्षासँगै उद्यमशीलता अपनाइने कार्यवाहक उपकुलपति भुसालले बताए।

१८ Dec २०२३ , ३:४३pm
हाम्रो आवाज