नेपाली समय:

वि.सं २०८१ बैशाख १२   बुधवार

EnglishEN
जिल्ला अनुगमन समिति बाँकेको जिल्ला प्रशासन कार्यालयमा बैठक सम्पन्न

जिल्ला अनुगमन समिति बाँकेको जिल्ला प्रशासन कार्यालयमा बैठक सम्पन्न

मुस्लिम आयोगले गठन गरेको बाँके जिल्लाको अनुगमन समिति ले आज प्रमुख जिल्ला अधिकारी सहित जिल्ला समन्वय समिति तथा सुरक्षा निकायको साथमा बाँकेको जिल्ला प्रशासन कार्यालयमा बैठक सम्पन्न गर्यो । यो बैठकमा बोल्दै समितिका संयोजक हाजी अब्दुल हमिद सिद्धिकी ले सरकारले लकडाउन गरेको निर्णय सराहनीय छ तथा यसको पालना नेपालगन्जको मुस्लिम समुदाय सहित सम्पुर्ण समुदायले राम्ररी गरेको छ भन्ने कुरा राख्नुभयो । साथ साथै उहाँले यो लकडाउन को समयमा प्रशासनले खेलेको भूमिका अत्यन्त सराहनीय भएको बयान गर्नुभयो । उहाँले यो परिस्थितिमा सबैको सुरक्षाको ख्याल राख्दै गरीब हरुलाई मर्का नपर्ने गरी सबैलाई राहत सामग्री उपलब्ध गराउने साथै लकडाउन को पनि पालना समानान्तर रुपमा गर्ने प्रबन्ध गर्न प्रशासनलाई निवेदन गर्नुभयो ।
यो बैठकमा बोल्दै समितिको सदस्य शक्ति कुमार बंसकार अब्दुल कवि ले केही असामाजिक तत्वले मुस्लिम समुदायको बारेमा सामाजिक सञ्जालमा भ्रामक प्रचार गरिरहेको कुरालाई प्रशासनले नियाल्नु पर्ने बताए । उहाँले मुस्लिम समुदायलाई हाम्रो मात्र अनुगमन किन भैरहेको छ भन्ने कुरा मनमा लागेको हुनाले त्यसको सम्बोधन हुन जरुरी छ भन्ने कुरा राखे । कुनै ठाउँमा अजान बन्द गराइएको खबर पाएकोले त्यसको बारेमा प्रशासनले स्पष्टिकरण दिनुपर्ने माग राखे । यस प्रक्रियामा मुस्लिम समुदायको टेस्ट गर्नेबेला उनको रोजा नबिग्रिने गरी टेष्ट गर्नुपर्ने जिज्ञासा राखे तथा साथसाथै यो अनुगमनको लागि सम्पूर्ण मुस्लिम समुदाय लाई साथमा लिएर जानुपर्ने धारणा व्यक्त गरे । साथै मुस्लिम समुदायको मस्जिद बाट लकडाउन को बारेमा सूचना मूलक सन्देश प्रवाह गर्ने व्यवस्था गर्नुपर्ने सुझाव राखे ।
समितिको सदस्य शाहिदा बानो ले यो अनुगमन मा रमजानको महिनाको ख्याल राख्दै समयमा अनुगमन पूर्ण गर्ने सुझाव दिए । त्यसरी नै समितिको सदस्य आलम खान ले लकडाउन को बारेमा मस्जिद बाट सूचना प्रवाह गर्नुपर्ने सुझाव दिए । समितिका सदस्य मेराज हलुवाई ले प्रशासनले कुनै मस्जिद निरीक्षण गरिसकेपछि त्यसको बारेमा एउटा सूचना पनि मस्जिदमा टाँस्नुपर्ने ताकि कुनै असामाजिक तत्वले त्यो मस्जिदमा मान्छे लुकेको भन्नेबारे गलत प्रचारबाजी गर्न नपाओस् भन्ने धारणा राखे ।

उपर्युक्त जिज्ञासाहरु को जवाफमा बोल्दै नेपाली सेनाका लेफ्टिनेन्ट कर्णेल नकुल थापाले मुस्लिम समुदायको मात्र नभएर हरेक समुदाय को धार्मिक स्थल तथा व्यक्ति बाट नमूना संकलन गरिएको जानकारी गराए तथा मुस्लिम समुदाय लाई मात्र टार्गेट नगरिएको स्पष्टिकरण दिए । भेरी अञ्चल अस्पतालका  मेडिकल सुपरिटेण्डेण्ट ले  घाँटीबाट लिने नमुना  मा प्रयोग गरिने किट मा  कपास बाहेक अरु कुनै किसिमको रसायन अथवा पानी नभएको  र त्यसले गर्दा रोजा बस्ने व्यक्तिहरूको  नमुना संकलन गर्दा  कुनै किसिमको अप्ठ्यारो नहुने  जानकारी गराए ।  त्यसरी नै जिल्ला समन्वय अधिकारी हरि प्याकुरेलले बाँकेको मुस्लिम समुदाय अहिलेसम्म उहाँले देखेको अरु जिल्लाको समुदायभन्दा प्रशासनलाई बढी सहयोग गर्ने भेटाएको बयान गरे । त्यसरी नै जिल्ला समन्वय समिति बाँकेको अध्यक्ष अजय श्रीवास्तवले एकठाउँमा मुस्लिमहरुले लगाउनको पालना गर्ने निवेदनलाई नमानेर जबरजस्ती मस्जिद जाने प्रयास गरेको हुनाले एक टाइमको अजान मात्र रोकिएको तथा त्यसपछि उनीहरु सबै घरमा नमाज पढ्न थालेपछि मस्जिद  को अजान एक घण्टा पछि पुनः सुचारु गरेको जानकारी गराए ।
त्यसपछि बोल्दै प्रमुख जिल्ला अधिकारी कुमार बहादुर खड्काले सम्पुर्ण धर्मका धर्मगुरुहरु तथा मुस्लिम समुदायका प्रतिनिधिहरुको को सहयोग तथा समन्वयमा यो अनुगमनलाई अगाडि बढाउने विश्वास दिलाए । प्रमुख जिल्ला अधिकारीले मुस्लिम आयोगको यो कदम  को प्रतिक्षा धेरै दिनबाट गरिरहेको  तथा भोलि 11 बजे पत्रकार तथा सम्पूर्ण समुदायको प्रतिनिधिहरूको उपस्थितिमा यो अनुगमनको बारेमा मिडियालाई अवगत गराउने जानकारी गराए।
 

२७ Apr २०२० , ८:१९pm
हाम्रो आवाज